नवलपुरमा एउटै सामुदायिक विद्यालयका दुई जनाले ल्याए ४ जीपीए

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार १४ गते १६:१७
नवलपुरमा एउटै सामुदायिक विद्यालयका दुई जनाले ल्याए ४ जीपीए

कावासोती । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नवलपुरको एक सामुदायिक विद्यालयका दुई विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

मध्यबिन्दु नगरपालिका चोरमारामा रहेको नवजागरण माध्यमिक विद्यालयका प्रतिक ज्ञवाली र सौगात पोख्रेलले ४ जीपीए अंक ल्याएका हुन् । जिल्लामै ४ जीपीए ल्याउने यी दुई मात्र हुन् । यो विद्यालयबाट ८२ विद्यार्थी पास भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख रुद्र शर्माका अनुसार २०८० को एसईईमा पूर्वी नवलपरासीबाट एसईई दिने ६ हजार १ सय १५ थिए । तीमध्ये २ हजार नौ सय ६८ उत्तीर्ण भएका छन् । जिल्लामा रहेका १ सय ३९ माध्यमिक विद्यालय मध्ये ८९ सामुदायिक विद्यालय हुन् ।

 

प्रकाशित : २०८१ असार १४ गते १६:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI