रजहरमा गुडिरहेको बसलाई जिपले ठक्कर दिदा ६ जना महिला घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार १० गते १५:४५
रजहरमा गुडिरहेको बसलाई जिपले ठक्कर दिदा ६ जना महिला घाईते

कावासोती । नवलपुरको देवचुली-१६ रजहरको क्याम्पस चोकमा गुडिरहेको बसलाई जिपले पछाडिबाट ठक्कर दिदा ६ जना घाईते भएका छ्न ।

कावासोतीबाट चितवन तर्फ जाँदै गरेको ग.प्र.०४-००१ ख ००३३ नं.को बसमा सोही दिशा तर्फ जाँदै गरेको ग १ ज ७१४६ नं.को बोलेरो जिप बसको पछाडी ठोक्किएर भएको दुर्घटनामा ६ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाईते हुनेहरुमा देवचुली-१७ बस्ने धन माया सुनारी, प्रितिमाया सोमै, हरिमाया पुलामी, सुकमाया रेश्मी, निमा गुरुङ र मनकुमारी बाँचे रहेका छ्न । घाइतेहरुको देवचुली नगर अस्पतालमा उपचार भैरहेको र दुवै सवारी साधनका चालक प्रहरी नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ असार १० गते १५:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI