कावासोती । नवलपुरको बुलिङ्गटारमा ट्रयाक्टरबाट खसेर महिलाको मृत्यु भएको छ ।
बुलिङ्गटार गाउँपालिका वडा नं ५ को सान्डाडाबाट खहरे तर्फ जाँदै गरेको लु ५ त ६५९ नं को ट्रयाक्टरबाट खसेर १८ वर्षीय बिरमाया सारूको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रयाक्टरबाट खसेकी महिलालाई सोही ट्रयाक्टरको पछाडिको चक्काले किच्दा घटनास्थ्लमै मृत्यु भएको हो ।
ट्रयाक्टर धनि सम्पर्कमा आएको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८१ असार ८ गते १०:५८
Facebook Comment