पुरिएर ३ जना महिलाको मृत्यु भएको घटनाको सर्वपक्षीय छानबिन गर्न कांग्रेसको माग

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार १ गते ११:२४
पुरिएर ३ जना महिलाको मृत्यु भएको घटनाको सर्वपक्षीय छानबिन गर्न कांग्रेसको माग

कावासोती । नेपाली कांग्रेस कावासोती ले बिहिबार कावासोतिको फलफुल चोकमा नाला खन्ने क्रममा माटोले ढिस्कोले पुरिएर ३ जना मजदुर महिलाको मृत्यु भएको घटनाको सर्वपक्षीय छानबिन गर्न माग गरेको छ ।

नेपाली कांग्रेस कावासोती नगरकार्य समिति सभापति शालिकराम ढकालले विज्ञप्ति जारी गर्दै तत्काल उक्त आयोजना र घटनाको विषयमा सर्वपक्षीय छानबिन समिति गठन गरेर छानबिन गर्न माग गरेका हुन ।

यसै बिच कावासोती नगरपालिकाको शुक्रबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले मृतक महिला मजदुरको शोकमा शुक्रबार(आज) शोक बिदा दिने निर्णय गरेको छ भने मृतक परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता नगरपालिका द्वारा जारी विज्ञप्तिमा गरिएको छ ।

गत वैशाख ३० गते सम्झौता भएर कावासोतीको थाना चोक देखि पुर्व तर्फ ढल निकासका लागी उपभोक्त समिति बनाएर नगरपालिका ले आयोजना सुरु गरेको थियो । त्यही नालामा काम गर्ने क्रममा कावासोती-५ कि सेती राना र तानमाया गाहा र चमेली सिंजालीको माटोले पुरिएर बिहिबार मृत्यु भएको थियो । वर्षा लागे पछि काम सुरु गरेको र नगरपालिकाले उचित अनुगमन नगरेको तथा कार्यस्थलमा मजदुरको सुरक्षामा उचित ध्यान नदिदा दुर्घटना भएको भन्दै स्थानीयले बिहिबार(हिजो) राती नगरप्रमुख भुसालको घर घेरेर नाराबाजी गरेका थिए ।

प्रकाशित : २०८१ असार १ गते ११:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI