हुरीले ढालेको रुखले किच्दा मध्यविन्दुमा एकजनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ २२ गते १३:३७
हुरीले ढालेको रुखले किच्दा मध्यविन्दुमा एकजनाको मृत्यु

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुखले किच्दा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर चिडी मगरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडलका अनुसार मंगलबार बिहानको हुरीले ढालेको रुख बज्रँदा थापाको मृत्यु भएको हो ।

वनमा उद्धार गर्न गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन् । थापाको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल  पठाइएको छ । रासस

प्रकाशित : २०८१ जेठ २२ गते १३:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI