सालिकराम कोइराला, नवलपुर । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले जनप्रतिनिधिको नियत राम्रो भएर मात्र हुँदैन जनताको सेवा गर्दा नियमको पनि पालना गर्नुपर्ने कुरा बताएका छन् ।
सोमबार कावासोतीमा आयोजित जनप्रतिनिधिहरूको मोटिभेसनल तालिममा अधिकारीले उक्त कुरा बताएका हुन्। उनले भने नवलपुरसँग मेरो अत्यन्त नजिकको सम्बन्ध छ। उत्तर दक्षिण राजमार्गको आकाँक्षा पुरा गर्न सकेको भए यो सम्बन्ध अझ प्रगाढ हुने थियो।
अहिले समाजमा अराजकताको पराकाष्ठा छ। यस्तो बेला प्रहरी, जनप्रतिनिधि कसैले पनि राम्ररी काम गर्न सकेका छैनन् । हामीले पनि चाहे जसरी काम गर्न सकिरहेका छैनौ । नराम्रो कामको भाइब्रेसन तुरून्ता तुरून्तै हुने तर राम्रो कामको सन्देश दिन मुस्किल रहेको उनले उल्लेख गरे ।
अधिकारीले आफु स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको र त्यसले आम मानिसलाई अत्यन्तै फाइदा पुगेको बताए। स्वास्थ्य बिमा कार्यक्रम आफुले सेना र प्रहरीमा पनि लागु गर्न खोजेको तर नसकिएको उल्लेख गरे। यदि यो कार्यक्रम सेना र प्रहरीमा पनि बिस्तार गर्न सकेको भए साढे तीन हजार लाग्ने शुल्क घटाएर एक हजार मात्र कायम गर्न सकिन्थ्यो उनले थपे।
स्वास्थ्य बिमा कार्यक्रमले निजी अस्पतालहरू सक्दै गएको र सरकारी अस्पतालहरू बिस्तार हुँदै गएको छ। यो कार्यक्रमले गरिव परिवार पनि स्वास्थ्यको पहुँचमा आएको अधिकारीले बताए।
नवलपुरको सबै पालिका, वडा र जिल्ला समन्वय समितिका जनप्रतिनिधिका लागि आयोजना गरिएको लिडरसिप मोटिभेसनल तालिममा राजु घलेले सहजिकरण गरेका थिए। उनि यो विषयको अन्तराष्ट्रिय सहजकर्ता हुन्। तालिममा तनाव व्यवस्थापन, समय व्यवस्थापन र जिवन जिउने कलाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
प्रकाशित : २०८१ जेठ २१ गते १४:२३
Facebook Comment