गोहीको आक्रमणबाट मध्यविन्दुका १३ वर्षीय बालक घाइते

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ १६ गते २०:२८
गोहीको आक्रमणबाट मध्यविन्दुका १३ वर्षीय बालक घाइते

कावासोती । नवलपुरको मध्यविन्दुमा गोहीको आक्रमणबाट १३ वर्षीय बालक घाइते भएका छ्न ।

मध्यविन्द-१५ प्रसौनीका १३ वर्षीय आयुष थारुलाई धानको ब्याडमा बीउ छर्ने क्रममा गोहीले आक्रमण गरेको हो ।  घाईते भएका थारुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सामान्य रहेको नवलपुर प्रहरीले जनाएको छ ।

गोहीले दुई दिन भित्र नवलपुरमा दुई जनालाई आक्रमण गरेर घाइते बनाएको छ । यस अघि हिजो मात्रै उल्टि खोलामा भैंसी चराउन गएका मध्यविन्दु नगरपालिका वडा नं ६ का खोरबहादुर थारुलाई गोहीले आक्रमण गरेर घाइते बनाएको थियो ।

प्रकाशित : २०८१ जेठ १६ गते २०:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI