निर्माणाधीन घरमा झ्यालको चौकोसले च्यापेर ८ वर्षीय बालकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ १५ गते १५:४२
निर्माणाधीन घरमा झ्यालको चौकोसले च्यापेर ८ वर्षीय बालकको मृत्यु

कावासोती । नवलपुरको कावासोतीमा निर्माणाधीन घरमा झ्यालको चौकोसले च्यापेर ८ वर्षीय बालकको मृत्यु भएको छ ।

कावासोती-३ गणेशटोल कि विष्णुमाया गेलानको छोरा वर्ष ८ को ईशान गेलानको झ्यालको चौकोसले च्यापदा मृत्यु भएको हो ।
घर नजिकै रहेको निर्माणाधीन अर्को घरमा खेल्न पुगेका गेलान घरभित्र ठड्याएर राखेको काठको झ्यालको चौकस ढल्दा च्यापिएर घाईते भएका थिए । घाईते बालकलाई तत्काल उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित : २०८१ जेठ १५ गते १५:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI