बाटोमा ठोक्किएको निहुँमा नाबालकले गरे युवकको हत्या

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख ३० गते १२:३७
बाटोमा ठोक्किएको निहुँमा नाबालकले गरे युवकको हत्या

कावासोती । काठमाडौंको बत्तिसपुलतीस्थित कुमारी मार्गमा एक युवकको हत्या भएको छ । शनिबार बेलुकी साढे ७ बजे बत्तिसपुतलीको कुमारी मार्गमा दुई युवा समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको हो ।

मोरङ पत्थरी शनिस्चरे नगरपालिका— ९ घर भई काठमाडौंको बिजयचोकमा डेरा गरी बसेका २४ वर्षीया शम्भु धिमालको चक्कु प्रहार गरी हत्या गरिएको थियो । धिमालको हत्या गरेको आरोपमा प्रहरीले ४ जना नाबालकलाई प्रकाउ गरेको छ । पक्राउ परेका ४ जनानै नावालक भएकाले प्रहरीले नाम खुलाएको छैन । उनीहरुले चक्कु प्रहार गरेर धिमालको हत्या गरेका थिए ।

मृतक धिमालको साथी २३ वर्षीय मनिष चौधरी घाइते भएका थिए । धिमालमाथि चक्कु प्रहार हुँदा गम्भीर घाइते भएका थिए । घटनालगतै प्रहरीले उनको उपचारको लागि सिनामंगलस्थित केएमसी अस्पताल लगेका थिए । अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुई समूहबीच सामान्य विषयमा विवाद हुँदा हत्या गरेको काठमाडौं प्रहरी परिसर प्रमुख बसन्त रजौरेले बताए । उनका अनुसार उनीहरुले एक अर्कालाई चिनेका समेत थिएनन् । ३ जनाको समूह राति बडे पार्टी मनाएर फर्कँदै थिए ।

बाटोमा उनीहरुले छ्याङ खाएका थिए । त्यही क्रममा १४ वर्षका अर्का साथी जोडिए । ४ जनाको समूह जाँदै गर्दा बाटोमा धिमाल र चौधरीसँग ठोक्किएको थियो । सोही क्रममा भनाभन भई झगडा हुँदा ४ जनाको समूहमध्ये एक जनाले धारिलो हतियार चक्कु धिमालमाथि प्रहार गरेका थिए ।

प्रकाशित : २०८१ वैशाख ३० गते १२:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI