कावासोती । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्रमाथि अनुसन्धान गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् । आइतबार आईजीपी वसन्त कुँवरलाई जितेन्द्रमाथि छानबिन गर्न मन्त्री लामिछानेले भनेका हुन् । जितेन्द्र पूर्व उपराष्ट्रपति पुनका जेठो छोरा हुन् । उनले ४ वर्षअघि चीनबाट अवैध रूपमा सुन ल्याएको आरोप लागेको छ । जितेन्द्रले चिनियाँ कारोबारीबाट तमसुक गरेर सुन ल्याएर भुक्तानी नदिएपछि सो विषय सार्वजनिक भएको हो ।
प्रकाशित : २०८० फागुन २७ गते २१:१७
Facebook Comment