कावासोती । चितवनको भरतपुरमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्वर ७ स्थित माछापुच्छ्रे चोकमा साँझ ७ः४५ बजे नारायणगढबाट माडी तर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्वरको बसले सोही ठाउँ बस्ने बिक्रम पौडेलका छोरा ९ बर्षका आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ । बसमा सवार एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
चालकको चरम लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले शव उठाउन दिएका छैनन ।
बसले विपरित लेन र जेब्रा क्रसिङमा हिडिरहेका बालकलाई ठक्कर दिएको स्थानीयले बताएका छन । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रकाशित : २०८० फागुन २१ गते २१:५७
Facebook Comment