परासी : नवलपरासीको सुस्ता गाउँपालिकामा हजुरबुवा र नातिको हत्या भएको छ । गएराति अन्दाजी १/२ बजेको समयमा उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । हत्या हुनेमा ६५ वर्षीय अक्षयलाल चमार र उनका नाती ९ वर्षीय गौचरण चमार छन् । घरमै उनीहरुको हत्या भएको हो ।
सुस्ता गाउँपालिका–३ स्थित नारायणी नदीको ठोकर नं. ५ छेउ नजिक उनीहरुको छाप्रोको घर छ । त्यही उनीहरुको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) काजी कुमार आचार्यले बताए ।
हत्या हुनेमा ६५ वर्षीय अक्षयलाल चमार र उनका नाती ९ वर्षीय गौचरण चमार छन् । घरमै उनीहरुको हत्या भएको हो । सुस्ता गाउँपालिका–३ स्थित नारायणी नदीको ठोकर नं. ५ छेउ नजिक उनीहरुको छाप्रोको घर छ । त्यही उनीहरुको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) काजी कुमार आचार्यले बताए ।
प्रकाशित : २०८० फागुन १ गते ९:४४
Facebook Comment