राप्ती र नारायणी नदीमा भेटिए २६५ घडियाल गोही

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष १७ गते १३:४३
राप्ती र नारायणी नदीमा भेटिए २६५ घडियाल गोही

कावासोती । चितवनको राप्ती र नारायणी नदीमा २ सय ६५ घडियाल गोही भेटिएका छन् ।

चितवन राष्ट्रिय निकुन्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र, सौराहाको संयुक्त टोलीले पुस १ गतेदेखि १५ गतेसम्म नदीको अनुगमन गर्ने क्रममा उक्त संख्यामा घडियाल भेटिएका हुन् ।

नारायणी नदीमा भेटिएका एक सय १३ घडियाल गोही मध्ये ३ वटा भाले र राप्तीमा नदीमा भेटिएका एक सय ५२ मध्ये ३ वटा भाले रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

साथै उक्त अनुगमनको क्रममा ३ वटा डल्फिन समेत रेकर्ड गरिएको उनले बताए । घडियाल अनुगमन कार्यमा काठको डुंगा, रवर वोट, जीपीएस, क्यामेरा, बाईनाकुलर लगायतका सामग्री प्रयोग भएको थियो ।

प्रकाशित : २०८० पुष १७ गते १३:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI