शैक्षिक संस्थाहरुको संरचना निर्माण गर्दा करिब एक सय वर्ष टिक्ने बनाऔं : सांसद गाहा

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष ६ गते २०:२९
शैक्षिक संस्थाहरुको संरचना निर्माण गर्दा करिब एक सय वर्ष टिक्ने बनाऔं :  सांसद गाहा

कावासोती

विद्यालय तथा क्याम्पसहरुको संरचनाहरु निर्माण गर्दा करिब सय वर्ष टिक्ने बनाउनु पर्ने गण्डकी प्रदेश सांसद रोशन गाहा मगरले बताउनु भएको छ । नवलपुरको कावासोती नगरपालिका एक रिठ्ठेपानी स्थित जनकल्याण माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्नु हुँदै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले विद्यालयहरुका भवनहरु निर्माण गर्दा भत्काउन नपर्ने र करिब एक वर्षसम्म टिक्ने संरचना गराउनमा शैक्षिक संस्थाहरुलाई अनुरोध गर्नुभयो । गुरुयोजनाका साथ मजबुत , भरपर्दो र सुविधा सम्पन्न संरचनाहरु निर्माण हुँदा एक सय वर्षसम्म सरकारलाई पनि राहत पुग्ने बताउनु भयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु प्रसाद भुषालले नगरले ८५ प्रतिशत भूमिहिन दलित अव्यवस्थित बसोबासका जग्गाहरु नापजाँच गरिसकेको बताउनु भयो । उहाँले नगरपालिकाले ८५ प्रतिशत काम समपन्न गरिसकेकाले लालपूर्जाका प्रकृयाहरु अगाडि बढाइरहेको बताउनु भयो ।

नगर प्रमुख भुषालले विद्यालयका जग्गाहरु व्लकभित्र राखेर नाप्न अनुरोध गर्नु भएको छ । व्लकभित्र राखेर जग्गा नापजाँच नगर्दा विद्यालयको स्वामित्व नआउने कुरा प्रष्ट्र पार्नु भयो । कार्यक्रममा शिक्षक कर्मचारीलाई सम्मान , उत्कृष्ट नजिता ल्याउन सफल विद्यार्थी सम्मान , अभिभावकलाई र विद्यालयमा विभिन्न कालखण्डमा योगदान गरेका वयक्तित्वहरुलाई दोसला ओढाएर सम्मान गरिएको थियो । यस्तैगरी विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत रहेका थिए । कार्यक्रममा विद्यालयमा प्रधानाध्यापक गिरीराज गिरीद्धारा विद्यालयको वार्षिक प्रतिवेदन र भावी योजनाहरु प्रस्तुत गरिएको थियो ।

 

विद्यालय अभिभावक संघका अध्यक्ष जग बहादुर सोतीले आर्थिक प्रतिवेदन प्रस्तु भएको भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशा व्लोनको सभाध्यक्ष्ता एवम् गण्डकी प्रदेश सांसद रोशन गाहा मगरको प्रमुख आतिथ्यता रहेको थियो । यस्तैगरी कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका पदाधिकारी , जनप्रतिनिधि , अभिभावक लगायत सामाजिक व्यक्तित्वहरुको विशेष उपस्थित रहेको थियो । कार्यक्रम विद्यालयका सह प्रधानाध्यपमक सुदिप विश्वकर्माले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित : २०८० पुष ६ गते २०:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI