कावासोती । अर्थतन्त्रमा देखिएको समस्याले व्यावसायिक मन्दी हुँदा नवलपुरमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका ३० प्रतिशत बढि सटर खाली भएका छन् । पछिल्लो समय आर्थिक संकट तथा बैंकको ब्याजदर उच्च रूपमा वृद्धि हुँदा व्यवसाय चलाउन नसक्दा व्यवसायी पलायन हुने क्रम बढेसँगै नवपपुरका मुख्य बजारमा व्यावसायिक सटर खाली हुन थालेका हुन् ।
नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठप्रसाद अर्यालले आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सख्या बढ्दै गएको बताए । उनले घरधनीको भाडा वृद्धि, बैंकको उच्च ब्याजदर, ऋणको किस्ता तिर्न नसक्दा २५ देखि ३० प्रतिशत व्यावसायिक सटर खाली भएको बताए । उनले व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरै जना व्यवसाय छाडेर वैदेशिक रोजगारीमा गएकाले पनि सटर खाली हुने अवस्था आएको बताए । उनले खाद्य किरानासँगै अत्यावश्यक व्यवसाय चले पनि अन्य व्यवसायमा कारोबार न्यून रहेको भन्दै सरकारले तत्काल अहिलेको समस्या समाधान गर्न आवश्यक रहेको बताए ।
जिल्लाका अन्य बजारको तुलनामा जिल्ला सदरमुकाम समेत रहेको कावासोती बजारमा व्यवसायी पलायनको संख्या धेरै रहेको नवलपुर उद्योग वाणिज्य संघका सचिव सागर पोख्रेलले बताए । बैंकको ब्याजका कारण मारमा परेका व्यवसायी बजारमा गा्रहकनै आउने क्रम घटे सँगै व्यवसायी सँग पलायनको विकल्प नरहेको पोख्रेल बताउछन ।
व्यवसायी पलायन हुने क्रममा जिल्लाको मध्यविन्दु नगरपालिकामा समेत बढदै गएको छ । १५ दखि २० प्रतिशतको हाराहारी व्यवसायीहरु पलायन भएका मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरण श्रेष्ठले बताए । मध्यविन्दुमा अर्थतन्त्रमा देखिएको समस्याले व्यावसायिक मन्दी तथा पूर्व पश्चिम राजमार्ग बिस्तारका कारण व्यवसायी पलायन हुने दर बढेको हो । “आर्थीक मन्दी थियो थियो, सडकको कारणले समेत व्यापार हुन छोडे पछि व्यवसायी पलायन हुन थालेका छन”, अध्यक्ष श्रेष्ठले भने । व्यवसायी पलायनको समस्या देवचुली नगरपालिकामा पनि उस्तै रहेको छ ।
देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद दवाडीले देवचुलीमा पलायन हुने व्यवसायी ३० प्रतिशत भन्दा बढि रहेको छ । “३० प्रतिशत त व्यवसाय छोडेरै पलायन हुनु भएको छ, थप १० देखि १५ प्रतिशत व्यवसायीहरु समेत पलायन हुने अवस्था छ”, दवाडीले भने । बढदो आर्थीक मन्दी तथा विकास निमार्णका काम ठप्प हुदाँ ग्राहकहरु पसल सम्म आउने क्रम निकै घटेको दवाडीले बताए ।
कोराना महामारी, त्यसपछिको रुस र युक्रेन युद्ध र अहिले चलिरहेको ईजरायल प्यालेष्टाईन बिचको युद्धल विश्व स्तरमै निम्ताएको आर्थीक मन्दी तथा बैैंक तथा वित्तिय संस्थाहरुको ब्याजका कारणले वयवसायीहरु निरन्तर पलायन हुदै गएको गण्डकी प्रदेश उद्योग वाणिज्य संघ तथा जिल्ला उद्योग वाणिज्य संघ गैडाकोटका अध्यक्ष अमृत भट्टचनले बताए । बैंक तथा वित्तिय संस्थाहरुले ब्याजका लागी ताकेता बढाईरहेको तर व्यापार लगभग ठप्प जस्तै भएकाले यस्तो अवस्था आएको उनको भनाई छ । “दैनिक जसो ५/७ जना व्यवसायीहरु पलायन भएको रिपोर्ट हामीहरुलाई आउँछ, राज्य उदासिन छ, बैंक तथा तथा वित्तिय संस्थाले नाफा मात्रै हेरेका छन, व्यवसायीको मर्का बुझने कोही भएन”, भट्टचनले भने । बैंक तथा वित्तिय संस्थाको ताकेताका कारण तिहार पछि व्यवसायबाट पलायन हुनेको संख्या डर लाग्दो रुपमा बढने तर्फ संकेत गदै अध्यक्ष भट्टचनले सरकारलाई गम्भीर भएर व्यवसायीको हितमा काम गरिदिन आग्रह समेत गरेका छन ।
अर्थतन्त्रमा देखिएको समस्याले व्यावसायिक मन्दी बढिरहदा नवलपुरमा नयाँ व्यवसाय दर्ता गर्ने दरमा समेत कमि आउदै गएको छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा ३ हजार ५ सय ९४ उद्योग र्दा र्भका थिए तर आर्थीक वर्ष २०८०/८१ को पहिलो ३ महिनामा ७० वटा नयाँ उ द्योग दर्ता भएको छ भने आर्थिक वर्ष २०७९/८० मा जिल्लामा २ हजार २ सय ९१ उद्योग नविकरण भएको मा चालु आ.वको पहिलो ३ महिनामा १ सय ९५ वटा मात्रै उद्योग नविकरण भएको पर्यटन तथा उद्योग कार्याल्य नवलपुरका अध्यक्ष नगेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार चालु आ.वमा वाणिज्य दर्ताको संख्या १ सय३५ रहेको छ भने गत आ.वमा ३ हजार ६ सय ३६ वाणिज्य नविकरण भएकामा चालु आ.वको पहिलो तीन महिनामा २ सय ९६ जनाले मात्र वाणिज्यको नविकरण गरेका हुन ।
प्रकाशित : २०८० कार्तिक १९ गते १६:१७
Facebook Comment