आन्दोलनरत कर्मचारीलाई काममा फर्किन कावासोतीका नगरप्रमुख भुसालको कर्मचारीलाई निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २६ गते १७:२४
आन्दोलनरत कर्मचारीलाई काममा फर्किन कावासोतीका नगरप्रमुख भुसालको कर्मचारीलाई निर्देशन

कावासोती । दुई सातादेखि आन्दोलनका लागि काठमाडौं गएका कर्मचारीका कारण नगरपालिकाको नियमित सेवा प्रवाह प्रभावित भएको भन्दै कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालले काममा फर्किन कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रमुख भुसालले शुक्रबार सूचना जारी गर्दै केही दिनदेखि भैरहेको कर्मचारी आन्दोललले चाडबाडको पूर्वसन्ध्यामा नगरपालिकाको विकास निर्माण, भुक्तानी, घटना दर्ता लगाएतका काम अवरुद्ध भएकाले नियमित कार्यालयको काममा फर्किन निर्देशन दिएका हुन् ।

कावासोती नगरपालिकामा रहेका कर्मचारीमध्ये २९ जना आन्दोलनमा सहभागी हुन काठमाडौं गएका छन ।

 

प्रकाशित : २०८० असोज २६ गते १७:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI