कावासोती । ओपरन क्विन्टेन डे ककको शतकको मद्दतले दक्षिण अफ्रिकाले वान डे विश्वकप २०२३ मा बिहीबार अस्ट्रेलियालाई सजिलै १ सय ३४ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटमा ३ सय ११ रन बनाएको थियो ।
त्यसमा डे ककले १ सय ६ बलमा १ सय ९ रन बनाए । यसमा ८ चौका र ५ छक्का सामेल थियो । मध्यक्रममा ब्याटर एडेन मारत्रमले पनि ४४ बलमा ५६ रनको बहुमूल्य योगदान दिए । उनले ७ चौका र १ छक्का प्रहार गरे ।
जवाफमा अस्ट्रेलियाको सुरुआत कमजोर रह्यो र पूरा टिम ४०.५ ओभरमा १ सय ७७ रन बनाएर अलआउट भयो । अस्ट्रेलियाले ६५ रन बनाउँदासम्म ५ विकेट गुमाएको थियो र त्यसयता कुनै पनि समय सम्हालेर खेल्न सकेन ।
अस्ट्रेलियाका लागि मार्कस लाबुसेनले बनाएको ४६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । त्यसबाहेक पुछारका ब्याटर मिचेल स्टार्कले ५१ बलमा संयमित २७ रन बनाए ।
प्रकाशित : २०८० असोज २५ गते २२:२३
Facebook Comment