गोहीको आक्रमणमा परेर ६२ वर्षीय पुरुष गम्भीर घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २२ गते १७:३३
गोहीको आक्रमणमा परेर ६२ वर्षीय पुरुष गम्भीर घाईते

कावासोती । मध्यविन्दु नगरपालिका वडा नं १५ मा गोहीको आक्रमणमा परेर ६२ वर्षीय पुरुष घाइते भएका छ्न ।

नारायणी नदिमा माछा मार्ने क्रममा मध्यविन्दु १५ धोकाडीका पुर्णबहादुर कुमाल गोहीको आक्रमण परेर घाईते भएका हुन ।

माछा मार्ने क्रममा गोहीले आक्रमण गरेको देखे पछि स्थानियले तत्काल उद्धार गरि कुमाललाई मध्यविन्दु जिल्ला अस्पताल ल्याएका थिए । गोहीको आक्रमणमा परेर गम्भीर घाइते भएका कुमालको दाहिने खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार कुमाललाई थप उपचारका लागि भरतपुर पठाईएको छ ।

प्रकाशित : २०८० असोज २२ गते १७:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI