गैंडाकोट । गैँडाकोटस्थित भृकुटी कागज कारखानामा स्थायी दरबन्दी सहित कार्यरत ३ सय २८ जना श्रमिकले तलब पाउने भएका छन् ।
उद्योगमा कार्यरत श्रमिकहरुको आधिकारिक युनियनहरुका प्रतिनिधिको पटकपटकको दबाब पछि उद्योग संचालनमा रहेको मिति सम्मको कुल रकम पाउने लगाएत सम्झौता सहितको सुचना कम्पनी परिषरमा टासिएको छ ।
२०८० भदौ २५ गते जारीभएको सूचनामा भृकुटी कागज कारखानाका तर्फबाट रमेश कुमार दाहाल र कर्मचारीका तर्फबाट युनियन नेता हरु को हस्ताक्षर उक्त सुचनामा रहेको छ । २०८० भदौ २५ को सूचना भए पनि उद्योगको गेटमा आज मात्रामा टाँसिएको हो ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय नेता ललित श्रेष्ठका अनुसार सम्झौता भएको मिति देखि एक वर्षको अवधिमा कम्पनीले सम्पुर्ण कामदारलाई पाउनु पर्ने रकम उपलब्ध गराउने र उद्योग बन्द भएको मितिदेखी कामदारले पाउने गरेको आधा तलब दिने र कामदारको हर-हिसाबमा सम्पुर्ण रकमको १०% ब्याज दिने सहमती भएको श्रेष्ठले बताए ।श्रेष्ठका अनुसार भुक्तानी ढिला गरे भुक्तानी दिने दिन सम्मको ब्याज रकम समेत दिने सहमति भएको हो ।
गैंडाकोटमा रहेको उद्योग स्थानमा सोही उद्योग अथवा अन्य जुनसुकै उद्योग राख्न पाउने तर व्यक्तिगत रुपमा जग्गालाई प्लटिङ गरेर बिक्री गर्न नपाउने सर्तमा गोल्छा अर्गनाइजेसनलाई सरकारले सो उद्योग जिम्मा लगाएको थियो । पेपर (कागज) तयार हुन आवश्यक कच्चा पदार्थ पल उत्पादन हुने यस उद्योग २०६७ बाट पूर्णरुपमा बन्द भएको थियो ।
प्रकाशित : २०८० असोज १८ गते १९:५१
Facebook Comment