कावासोती । १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) बाट नेपालले सोमबारसम्म कुनै पनि पदक जितेको छैन । आशा गरिएको खेलहरु क्रमिक रुपले बाहिरिँदा एसियाडमा नेपालको पदक जित्ने आशा झिनो देखिएको थियो । सोमबार एकाएक नेपाली महिला कबड्डी टोलीले पदकको आशा देखाएको छ । तेक्वान्दो र बक्सिङ जस्ता पदकको उच्च आशा गरिएका खेल खाली हात फर्कँदा आशा नै नगरिएको कबड्डीले नेपालले पदक जित्ने सम्भावना देखाएको हो ।
नेपाललले सोमबार बंगालदेशलाई ३७–२४ ले पराजित गरेसँगै नेपालको पदक सम्भावना बढेको हो । चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट–२ मा भएको भिडन्तको नेपालले पहिलो हाफको १५ मिनेटमा २१–१६ को दरिलो अग्रता लिएको थियो । दोस्रो हाफमा समेत नेपालले उत्कृष्ट प्रदर्शन गरी बंगलादेशलाई १३ स्कोरको अन्तरले हराउँदै समूह ‘बी’ मा पहिलो जित दर्ता गर्यो ।
नेपालले बंगलादेशलाई सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुदमा ३६–२५ ले हराएको थियो । नेपालले सागमा फाइनलमा भारतसँग पराजित हुँदै रजतमा सिमित भएको थियो । एसियाडमा सात टोली मात्र सहभागिता छ । तीन टोली रहेको समूहमा पर्दा नेपालको एक खेल जिते मात्र सेमिफाइनलमा पुग्ने सम्भावना छ । नेपालको समूहको इरान बलियो छ । अब नेपालले इरानसँग मंगलबार खेल्नेछ । यो खेल हारे पनि नेपालको सेमिफाइनल सम्भावना हुनेछ । त्यसका लागि पर्सी इरानले बंगलादेशलाई पराजित गर्नुपर्नेछ ।
महिला कबड्डीको समूह ‘बी’ मा नेपाल, इरान र बंगलादेश छन् । समूह ’ए’ मा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई छन्। एसियाली खेलकुदको कबडडीमा सेमिफाइनलमा पराजित हुने टोलीलाई पनि कास्य पदक जिते व्यवस्था छ । नेपाल अन्तिमचारमा पुग्दा स्वत पदकप्राप्त गर्नेछ । यो कम्तीमा कास्यपदक हुने छ । एसियाली खेलकुदमा नेपाली महिला टिम तथा कबडडीबाट पहिलो पदक हुँदै इतिहास बन्नेछ ।
इरान लगातार स्वर्ण जित्ने सुरमा छ । १९ औं एसियाली खेलकुदमा सहभागी ४५ मध्य ३६ खेलले पदक जितिसकेका छन् । नेपालसहित ९ राष्ट्र पदकविहिन रहेका छन् । मेनुका राजवंशीको कप्तानीमा रहेको नेपाली कववडी टोलीले १९औँ एसियाडमा भाग लिनुअघि भारतमा एक महिनाप्रशिक्षण लिएको थियो । नेपाली टोलीको तयारीमा प्रशिक्षकको भूमिकामा पार्वती राई र विष्णु दत्त भट्ट रहेका थिए ।
नेपाली टोली :
मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडू, गङ्गा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जना कुमारी थारु, कलावती पन्त, इशा राई, सुनिता थापा, नितु गुरुङ, मनमती विष्ट
प्रकाशित : २०८० असोज १५ गते १०:१५
Facebook Comment