महेन्द्र राजमार्गको बुटवल नारायणगढ खण्डमा धरापै धराप

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ १० गते २०:४२
महेन्द्र राजमार्गको बुटवल नारायणगढ खण्डमा धरापै धराप

नारायण शर्मा,पूर्वी नवलपरासी । वर्खामा काम नहुने भन्दै मजदुरलाइ बिदा दिएको दुई महिनाको अबधिमा महेन्द्रराजमार्गमा खाल्डै खाल्डा र धराप भएको छ ।

सडक बिस्तारको क्रममा रहेको महेन्द्रराजमार्गमा वर्षायाममा काम नहुने भन्दै मजदुरलाई बिदा दिइएको छ । बुटवल नारायणगढ खण्डमा सडक निर्माण गर्ने भन्दै भत्काएर छोडिएको ठाउमा पानी भरीएर खाल्डैखाल्डा छ । यस्ले दुर्घटनाको जोखिम बढदो छ । राजमार्ग बिस्तार गर्न भनेर निर्माण गरिएको डाइभर्सनमा ग्राइभेल हालेर नसम्याइएका कारण पानी भरीएर ठुल्ठुला खाल्डै खाल्डा भएको हो । तत्काल पिच गर्न मिल्ने ठाउमा समेत ठेकेदारले काम गरेको छैन । राजमार्गका सबै जसो पुल निर्माण भैसकेको छ ।

महेन्द्रराजमार्गको दाउन्ने गैडाकोट खण्डमा गत असार देखि मजदुरलाई बिदा दिइएको छ । वर्षादमा पानीका कारण राजमार्गको काम नहुने भन्दै बिदा दिएका कारण राजमार्गका खाल्डा पुर्ने काम नभएका कारण खाल्डा बढेको बढयैछ ।

दाउन्नेवाट गैडाकोट ६८ किलोमिटर दुरी पार गर्न ४ घण्टा लाग्छ रुपन्देहिको जोगिकुटीवाट काठमाण्डौ हिडेका अर्जुन काफले भन्छन देशकै लाइफलाइन मानिने ब्यस्त सडकको यो गति हुदा नजिकएको चाडबाडमा के हुने हो ? राजमार्गका खाल्डामा पानी भरीएका कारण दुइपांग्रे सवारी साधनका यात्रुको बिजोग हुने गरेको छ । माटोले पुरेको ठाउमा हिलाम्य सडक छ । हिलोमा गाडि चिप्लीने जोखिम उत्तिकै रहेको छ ।

झरी लाग्दा फोहर पानीले छयापीने र घाम लाग्दा धुलोले मान्छे चिन्नै नसकिने अबस्थामा यात्रुले सास्ती भोगेको भोग्यै छन । यहावाट निर्वाचित सांसदले यो सडकको बिजोग भएको ४ वर्षको अबधिमा एक पटकपनि संघिय संसद र प्रदेश सभामा कुरा सम्म उठाएका छैनन । जनसरोकारका बिषयमा यहावाट निर्वाचित सासद सडकको यो दुराबस्थाका बारेमा अनभिज्ञ झै छन । यस्मा उनिहरुको सर्बत्र आलोचना हुदै आएको छ ।

सडक निर्माणका कन्सल्टयान्ट इन्जिनियर राकेश झा वर्षादका कारण काम गर्न नपाएको दावी गर्दै भदौ ११ गतेदेखि नै फटाफट काम हुने बताउछन । झरीले धेरै डिस्ट्रब भो काम दिन नसकेपछि मजदुर राखेर के गर्ने उनले भने अब पानी रोकियला फटाफट काम हुन्छ । उनले पहिलो चरणमा कावासोती गैडाकोट खण्डको काम सक्नेगरि काम हुने दावी गरे । ठेकेदारले ३ वर्षमा काम सम्पन्न गर्ने भनेर जिम्मा लिएको ४ वर्षको अबधिमा यो राजमार्गमा ३५ प्रतिसत मात्र काम भएको छ ।

महेन्द्रराजमार्गको बुटवल नारायणगढ सडक खण्डमा दैनिक १२ हजार भन्दा धेरै गाडि आउजाउ हुन्छ । चाडबाड नजिकिदै गर्दा यो बाटो सम्झेर यात्रा गर्न पर्नेहरु टाउको समाउन बँध्य छन । राजमार्गमा फटाफट काम गर्न सकिने ठाउमा समेत कछुवा गतिमा काम भैरहेको छ ।

१ सय १४ किलोमिटर सडक फराकिलो पार्न चिनिया ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिंग कर्पोरेशनले १७ अर्बमा ठेक्का लिएको हो । गत साउन २२ गते काम सम्पन्न गर्न पर्ने ठेकेदारले त्यतिन्जेल २९ प्रतिसत मात्र काम सम्पन्न गरेका कारण सडक बिभागले आउदो साउन ९ गते सम्म फेरी तेश्रो पटक म्याद थपेको छ । भदौ पहिलो साता सम्म यो राजमार्गको काम ३५ प्रतिसत मात्र सम्पन्न भएको छ । यो कामको अनुगमन र चासो दिन सक्ने जिल्ला प्रशासन कार्यालय समेत मुकदर्शक भएर बसेको छ । महेन्द्रराजमार्गमा पर्ने मुख्य बवार र चोक हिलैहिलो र कतै धुलाम्य छ । महेन्द्रराजमार्गको डण्डाबाट पश्चिम दाउन्ने, बर्दघाट सम्मको करिब ४५ किलोमिटर खण्डमा देखिने कामै भएको छैन ।

देशकै ब्यबस्त मानिने यो सडको दुर्दसा बढदो छ । दाउन्नेदेखि गैडाकोट सम्मको करिब ७५ किलोमिटर क्षेत्रमा १६ वटा मात्र डोजरले काम गरेको छ । हरेक ५ किलोमिटर क्षेत्रमा कम्तिमा ७, ८ वटा हेबिइक्वीपमेन्टले काम नगरे अझै ५ वर्ष सकिन्न सडकका एक इन्जिनियर भन्छन यो सडक चाडो सक्न जनप्रतिनिधिले चासो दिन सक्छन कुरा उठाउन सक्छन उनिहरुलाई चासो नभएपछि यस्तै बेहाल भैरहन्छ ।

जिल्ला समन्वय पूर्वी नवलपरासीका प्रमुख बाबुराम बिश्वकर्मा यो सडक निर्माण गर्ने ठेकेदार कम्पनिलाई भेटेर काम चाडो सम्पन्न गर्न र गुणस्तरीयतामा जोड दिन आग्रह गर्दै आएका एक्ला जनप्रतिनिधि हुन । समन्वय प्रमुख बाबुरामले यो सडकको काम चाडो सम्पन्न गर्न पटक पटक पत्राचार गरेको र सरोकारवाला राखेर छलफल गरेको जानकारी दिए ।

प्रकाशित : २०८० भदौ १० गते २०:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI