नारायण शर्मा, पूर्वी नवलपरासी । नवलपरासी र आसपासको क्षेत्रमा शनिवार राती भिषण वर्षा भएको छ । अहिले राती पौने १० वजेवाट यहा भिषण वर्षा भैरहेको छ ।
बाढि पुर्वानुमान महाशाखाले पनि पछिल्लो ३ घण्टा यता नवलपरासी,सेमरी, रुपन्देहिको तिलोत्तमा र आसपासको क्षेत्रमा भारी वर्षा भएको जनाएको छ । ति क्षेत्रका तटिय क्षेत्र र खोला आसपासका क्षेत्रमा सर्तकता अपनाउन महाशाखाले अपिल गरेको छ । अहिले राती पौने १० बजेवाट यो क्षेत्रमा भारी वर्षाद भैरहेको छ ।
गण्डकका २२ ढोका खोलिए
भारी वर्षादका कारण भारतले त्रिवेणी स्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलेको छ । त्यहा ३६ वटा ढोका छन । नेपाल भारतको सिमा नदी गण्डकमा बाध बनाएर भारतले त्यहाको उत्तर प्रदेश र बिहारमा सिंचाइका लागि नहर लगेको छ । बाढि बढदैजादा त्रिवेणीधाम र आसपासको क्षेत्र डुबानको जोखिमा पर्ने अबस्था आउदा गण्डक ब्यारेजका सबै ढोका खोल्ने चलन छ । त्यहा ढोका खोल्ने नखोल्ने अधिकार भारतलाई छ ।
प्रकाशित : २०८० भदौ ९ गते २३:४२
Facebook Comment