पत्रकारद्धय गुरुङ र कुमालसहित १६ जना सम्मानित

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन २० गते १७:३६
पत्रकारद्धय गुरुङ र कुमालसहित १६ जना सम्मानित

२० श्रावण, नवलपुर ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदद्वारा अन्तराष्ट्रिय युवा दिवस तथा रिटर्नी माइग्रेन्ट नेपालको स्थापना दिवसको अवसरमा नवलपुर जिल्लाबाट १६ जना सम्मानित भएका छन् । दिवसका अवसरमा जिल्लाका विभिन्न चार विधामा कार्यरत व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

वैदेशिक रोजगारबाट फकिएका रिटर्नी ६ जना सफल उद्यमी , राष्ट्रिय खेलाडी ६ जना , पत्रकारिता तथा सञ्चार जगतमा दुइ जना र शिक्षाप्रेमी तथा समाजसेवी दुइ जना गरी जिल्लाबाट १६ जना सम्मानित भएका हुन् । पत्रकारिताको माध्यमबाट समाज र राष्ट्रका लागि पु¥याएको योगदान बापत् बुद्ध दर्शन टेलीभिजनकी समाचारदाता यामु कुमाल र मुकुन्दसेन टेलिभिजनका अशिफ गुरुङ सम्मानित भएका छन् । दिवसको अवसरमा शनिबार भएको अन्तरक्रिया तथा सम्मान कार्यक्रम रिटर्नी माइग्रेन्ट नेपाल नवलपुरका कार्यवाहक अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीधर शर्माले पछिल्लो समय नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी पलायन हुने अवस्था रहेको बताए । उनले नेपालमा मै खेलाडीहरुका लागि अवसर र कुनैपनि ग्यारेन्टी नभएका कारणले गर्दापनि नेपाली  खेलाडी खाडी मुलुक जान बाध्य भएको बताए । शर्माले खेलाडीको यस्तो अवस्था रोक्नका लागि आफू क्रियाशिल रहने  प्रतिबद्धता ब्यक्त गरेका थिए

यसरी देशका गहनाहरु दिनप्रतिदिन वैदेशिक रोजगारका लागि वाहिरिदै गर्दा खेल क्षेत्रमात्र नभई देशका लागि चुनौतिको विषय भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।   कार्यक्रममा बोल्दै रिटर्नी माइग्रेट नेपाल गण्डकी परिषद्का संयोजक नेत्र थनेतले देशमा नै कसरी आफै स्वरोजगार बन्न सकिन्छ भन्ने दृढ संकल्पका साथ लागि परेको बताएका छन । उनले वैदेशिक रोजगारबाट फर्किएका एक सय भन्दा धेरै व्यक्तिलाई सफल उद्यमी बनाउन सफल भएको बताए ।

शनिबार दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ , नवप्रर्वतन र उद्यमशिलतामा हरित सिप विकास भन्ने नाराका साथ भएको कार्यक्रम नेपाल सरकार युवा तथा खेदकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् मूल समारोह समिति एवम् रिटर्नी माइग्रँट नेपाल नवलपुरको आयोजनामा भएको हो । भने रिटर्नी कृषि तथा पशुपालन ,जागृति बाल तथा युवा सरोकार नेपाल र जिल्ला खेलकुद विकास समिति नवलपुरको सहकार्यमा भएको थियो ।

प्रकाशित : २०८० साउन २० गते १७:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI