सुन काण्ड : काँग्रेस नेता कँडेलले सोही दिन बैठकमा गरेका थिए यस्तो उद्घोष

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन ५ गते १८:२६
सुन काण्ड : काँग्रेस नेता कँडेलले सोही दिन बैठकमा गरेका थिए यस्तो उद्घोष

परासी । नेपाल सरकार परिवर्तन र समय कालखण्डको अन्तरालमा सुन काण्डका तथ्यहरु वाहिरिने गरेको छ । काग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले मंगलबार देखि जारी काग्रेस केन्द्रिय कार्य समिति वैठकमा चिन लगायत तेश्रो मुलुकबाट कुइण्टलका कुइन्टल सुन भित्रिइरहेको उद्घोष गरेका थिए ।

काग्रेसका प्रभावशाली नेता कण्डेलले पाटी केन्द्रिय समिति बैठकमा क्वीन्टलका कुइन्टल सुन भित्रिइरहेको वारे धारणा राखेको ६ घण्टा नवित्दै सरकारले १ कुण्टल हाराहारीमा सुन वरामदको तथ्य सार्वजनीक भएको थियो ।

नेता कण्डेलले हालै सरकारले भारतीय सिमानाकाबाट रु १०० वढिका जुनै पनि मालवस्तुमा भन्सार शुल्क लिने नितिलाई कडाई गर्दा सिमा क्षेत्रका सामान्य सर्वसाधारण नेपाली नागरिकले जिवन यापनमा चरम सास्ती खेप्नु परेकोमा असन्तुष्टी व्यक्त गरेका थिए ।

सरकारले सिमाको भन्सार प्रणालीमा मधेशमा विभेद निती कार्यान्वयन गरिएको समेत धारणा राखेका थिए । मधेशक्षेत्रमा भन्सारले रु एक सयमा मानव मृत्यसस्कारका निम्ती प्रयोग गरिने कात्रो समेत नपाईने अवस्थामा सय वढीको सामाग्रीमा भन्सार लिने गरि गरेको अत्यन्त अमानवीय र मधेश विभेद निती प्रति आक्रोस पोखेका थिए ।

नेता कण्डेलले देश आर्थिक मन्दीले ग्रस्त भएको वर्तमान अवस्थामा एकातर्फ सिमाक्षेत्रका नेपालीहरुले दैनिक जिवनयापन र घरखर्चका निम्ति सिमापारिबाट ल्याउने सामाग्रीमा भन्सारको अवरोधले जनजिवन प्रभावीत वनेको भने अर्को तर्फ उत्तरी नाका र एयरपोर्टबाट कुण्टल सुन भित्रिएको तथ्यले देशको भन्सार संयन्त्रको कार्यक्षमता माथि कडा आलोचना गरेका थिए ।

 

प्रकाशित : २०८० साउन ५ गते १८:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI