नवलपुर प्रहरीद्वारा एक वर्षमा १० करोड बढी राजस्व संकलन

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन १ गते १६:४३
नवलपुर प्रहरीद्वारा एक वर्षमा १० करोड बढी राजस्व संकलन

कावासोती । नवलपुर प्रहरीले जिल्लामा गत आर्थिक वर्ष २०७९/८० मा १०  करोड बढी राजश्व संकलन गरेको छ ।

गत आ.व ७९/८० मा जिल्ला प्रहरी कार्यालयले १० करोड ५७ लाख ७२ हजार ५ सय १२ रुपैयाँ राजश्व संकलन गरेको नवलपुरका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिएका हुन । भन्सार छलिका सामान नियन्त्रणमा लिएर ६ करोड ३८ लाख ९२ हजार, नदीजन्य पदार्थ चोरी तस्करी गर्नेहरुबाट ३९ लाख ५ हजार रुपैयाँ संकलन भएको तिवारीले बताए ।

त्यस्तै गरि जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा रहेका कसुरजन्य सम्पत्ति मोटर साइकल र गाडी लिलाम बिक्रि गर्दा ४१ लाख ४३ हजार, घरेलु मदिराबाट जरिवानास्वरुप ४० हजार संकलन तिवारीले बताए ।

एक वर्षको अवधिमा ट्राफिक नियम उलंघन गर्ने ३७ हजार ९०५ वटा सवारी साधनलाई कारवाही गर्दा ३ करोड १० लाख रुपैयाँ राजस्व संकलन भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

प्रकाशित : २०८० साउन १ गते १६:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI