सन्जुबाबु पोखरेल – मध्यबिन्दु
बेला नेता शब्द भन्ने बित्तिकै निस्वार्थ सेवा गर्ने ब्यक्ति भन्ने बुझिन्थ्यो तर आज ठिक उल्टो भएको अनुभुति नागरिकमा छ ।
न प्राकृतिक रूपमा धनि देश,विश्वले शान्तिको र गोर्खालीको देश भनेर चिन्ने नेपाल आज तस्कर,हत्यारा,बलात्कार,भ्रस्टाचार, गुलाम,मानव वेचविखनमा अभ्यस्त ब्यक्तिहरु नेतृत्वमा हावी हुँदा बिश्व समुदायमा नेपालीको सान गिरेको छ भने देश ओरालो लाग्दै छ ।
बिभिन्न कालखण्डमा परिवर्तित नेतृत्वको काम हेर्दा,उनिहरुले जनता प्रतिको दायित्व र जिम्मेवारी भुसुक्कै भुलेको देख्दा नेतृत्वले मात्र सत्ता प्राप्तिको लागि मात्रै जनता उचालेका थिए भन्ने भान नागरिकतहमा हुन पुग्नु देशको दुर्भाग्य हो भने शहिदको रगतको अपमान पनि हो ।
न्यायपालीका, व्यवस्थापिका तथा प्रशासनिक क्षेत्रको सामान्य काम लिन पनि नेतृत्वको दैलो चाहर्नुपर्ने बाध्यता भईरहदा जनतालाई निर्वाचनका बेला मत खसाल्ने मेसिनका रुपमा नेतृत्वले बुझेको पाईनु सुखद कुरा होईन ।
यी र यस्तै अनेक कारणले आगामी निर्वाचनमा मतदान नगर्ने जनताको संख्या बढ्न सक्छ ।
यस्तोमा लोकतन्त्रनै खतरामा पर्न सक्छ भने प्राप्त राजनैतिक उपलब्धि गुम्न सक्ने खतरा देखिन सक्छ ।
भाषण र नाराले मात्रै जनताले मत हाल्नेछन भन्ने भ्रम नेतृत्वमा रहिरहे परिस्थिति दलिय नेतृत्वका लागि मात्र नभएर देश र जनताकै लागि प्रतिकुल हुन सक्छ ।
जताततै निराशा छ,नेता भन्ने शब्द प्रती नागरिकको झिनो आशा पनि चुडिईसकेको छ, यिनै जनता हुन जसले प्रणालि परिवर्तनका लागि जिवननै उत्सर्ग गरेका थिए ।
अब प्रणालीले होईन नेतृत्वको बदलिएको प्रवृत्तिले मात्र नागरिकमा आशा पलाउन सक्छ ।
प्रकाशित : २०८० असार ३१ गते २१:११
Facebook Comment