सन्जय भट्टराई कावासोती ।
आर्थिक वर्ष २०७९/८० मा नवलपुरमा विकास बजेट निकै कम खर्च भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरले दिएको जानकारी अनुसार संघीय बजेटको ३६.०९ प्रतिशत मात्रै विकास बजेट अर्थात पूजीगत खर्च भएको हो ।
संघीय सरकारले चालु आवका लागी छुट्टयाएको बजेट रु ४ अर्ब ८८ करोड ४४ लाख ३० हजार ४ सय १७ मध्ये यो समाभार तयार पार्दा सम्म ३६.०९ प्रतिशत अर्थात १ अर्ब ७६ करोड ३० लाख ८ हजार ९ सय ५८ मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरले जानकारी दिएको छ ।
संघीय बजेट सबै भन्दा कम खर्च नारायणघाट बुटवल सडक आयोजनाले गरेको छ । सडक बिस्तार काम अत्यन्तै सुस्त गतिमा गरेको आयोजनाको पूजीगत बजेट खर्च चालु आ.व मा १ अर्ब ४९ करोड ७२ लाख २४ हजार ५ सय ५ रुपिया रहेको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङकमा उल्लेख छ । आयोजनालाई चालु आवमा ४ अर्ब ५४ कारेड ९६ लाख २८ हजार बजेट उपल्बध गराईएको मा ३२.९ प्रतिशत बजेटमात्रै आयोजनाले खर्च गर्न सकेको हो ।
त्यसै गरि त्रिवेणी भन्सार कार्यालयले पनि चालु आ.वमा पूजीगत बजेट खर्च गर्न सकेन । कार्यालयका लागी चालु आ.वमा विनियोजित बजेट रु १ करोड ७८ लाख ५० हजार मध्ये रु ३ लाख ९९ हजार ६३ खर्च गरेको हो ।
कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङक अनुसार जिल्लामा असार महिनामा मात्रै संघीय बजेटको रु ६१ करोड ६५ लाख ३ हजार ७८ अर्थात १२.६२ प्रतिशत विकास बजेट खर्च भएको छ । जिल्लामा संघ तर्फको सबै भन्दा धेरै बजेट नारायणघाट बुटवल सडक आयोजनाको भएके र यो आयोजनाले आफ्नो बजेटको ३२ प्रतिशत मात्रै बजेट खर्च गरेकाले सम्रग जिल्लाको संघ तर्फको पूजीगत बजेट खर्च कम देखिएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरलका प्रमुख कोष नियन्त्रक मार्कण्यप्रसाद बरालले बताए ।
प्रदेश तर्फको पूजीगत खर्च ६७ प्रतिशत
चालु आ..वमा नवलपुरमा प्रदेश तर्फको पूजीगत खर्च अर्थात विकास बजेट ६७ प्रतिशत मात्रै खर्च भएको देखिएको छ । जिल्लाका लागी गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेट रु १ अर्ब ७६ करोड ३४ लाख ९५ हजार ३८ मध्ये रु १ करोड १९ लाख ६६ लाख ७० हजार १ सय २८ मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरले जानकारी दिएको छ ।
जिल्लामा प्रदेश सरकारले पठाएको पूजी गत बजेट कम खर्च गर्ने कार्यालयहरुमा पूर्वाधार विकास कार्यालय, सामाजिक विकास कार्यालय र जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय रहेका छन । यो कार्यालय मार्फत आएका विकास योजनाहरुका काम सम्पन्न नहुदाँ विकास बजेट कम खर्च भएको प्रमुख कोष नियन्त्रक बरालले बताए । उनका अनुसार पूर्वाधार विकास कार्यालय मार्फत आएको बजेट रु १ अर्ब करोड ३९ लाख ८० हजार मध्ये रु ७८ करोड ५० लाख ४० हजार ४ सय ८७ मात्रै खर्च भएको हो ।
यसै बीच प्रदेश तर्फको बजेटको २५ प्रतिशत रकम असार महिनामा मात्रै खर्च भएको छ । असार महिनामा मात्रै प्रदेशको बजेटबाट रु ४४ करोड ५९ लाख २ हजार ३ सय २७ खर्च भएको हो ।
प्रकाशित : २०८० असार २७ गते १२:१०
Facebook Comment