यामु कुमाल,
२९ जेठ, नवलपुर ।
निर्माणधिन चिस्यान केन्द्रको दोश्रो चरणको काम सुरु गरिएकोे छ । नवलपुरको कावासोतीमा रहेको चिस्यान केन्द्रको पहिलो चरणको काम सम्पन्न गरेर दोश्रो चरणको काम सुरुवात गरिएको हो । पहिलो चरणमा सिभिल , वाल , मन्दिर निर्माण र सेक्यूरेटि रुप लगायतगरी ५० प्रतिशत कार्य सम्पन्न भएको छ । दोश्रो चरणमा एक हजार मेट्रिक टन क्षमता भएको दुइ वटा च्याम्बर इस्टिल , स्टक्चर , पफ प्यानल र मेसिनरी निर्माण कार्य सुरुवात गरिएको रटर्नी माइग्रेट नेपाल गण्डकी परिषद्का संयोजक नेत्र थनेतले बताउनु भयो ।
विदेशमा रहँदा सिकेको ज्ञान र सीप स्वदेशमा लगाएर देशलाई समृद्ध बनाउन वैदेशिक रोजगारबाट फर्किएका नवलपुरका युवाहरुले २१ करोडको लागतमा चिस्यान केन्द्रको निर्माण गरिरहेको हो । ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वादेशका लागि’ भन्ने नारा लिएर फर्किएका ३ सय २५ युवाको पहलमा कावासोती नगरपालिका–१४ अग्यौलीमा तिन हजार मेट्रिक टनको चिस्यान केन्द्र निर्माण भइरहेको छ । २०७७ साल फागुन ११ गतेदेखि सुरु गरिएको चिस्यान केन्द्रको काम बिचमा कोरोना भाइरका कारणले गर्दा निर्माण कार्य केही पछि धकेलिएको पनि जनाइएको छ ।
ती युवाले रिटर्नी कृषि तथा पशुपालन समूह स्थापना गरेर संस्थामार्फत केन्द्र बनाउन थालेको हो । निर्माणधिन चिस्यान केन्द्रको निर्माण कार्य ५० प्रतिशत पुरा भएको छ । कृषिउपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालीम र बीउबिजन चिस्यान केन्द्रले नै उपलब्ध गराउने छ । केन्द्रमा फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ । किसानले केन्द्रलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् र भाडामा लिएर आफ्ना सामान राख्न चाहनेका लागि पनि सेवा उपलब्ध हुने छ । जिल्लामा नै चिस्यान केन्द्रको निर्माण भएपछि कृषक खुशी भएका छन्। जिल्लामा उत्पादन हुने सुन्तला, अमिलो, आलु, प्याजलगायतका कृषिउपज यहाँ भण्डारण गरेर बेमौसममा बिक्री गरी अम्दानीमा वृद्धि गर्न सकिने छ ।
प्रकाशित : २०८० जेठ २९ गते १६:५९
Facebook Comment