सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ कति ? (भाडा दर सहित)
NAWALPUR TIMES प्रकाशित : २०८० जेठ ३ गते ११:०६
कावासोती । अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ ।
इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडादर समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा समायोजन गर्दै आएको छ ।
विभागका अनुसार यात्रुवाहक सवारीमा ३ दशमलव २० घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव १९ र तराईका मालवाहकमा ४ दशमलव ६५ प्रतिशत भाडा घटाइएको हो ।
Facebook Comment