नेपाल दरै उत्थान समाज केन्द्रीय समितिको अध्यक्षमा पुनः मंगलराम दरै चयन

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख २० गते ८:५३
नेपाल दरै उत्थान समाज केन्द्रीय समितिको अध्यक्षमा पुनः मंगलराम दरै चयन

२९ वैशाख, नवलपुर ।
नेपाल दरै उत्थान समाज केन्द्रीय समितिको अध्यक्षमा पुनः मंगलराम दरै सर्वसम्मत चयन भएको छ । वैशाख १५ गतेदेखि सुरु भएको दोश्रो राष्ट्रिय महाधिवेशनले मंगलबार मंगलराम दरैको अध्यक्ष्तामा २० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

जसको वरिष्ठ उपाध्यक्ष चिज वहादुर दरै , उपाध्यक्षमा रामचन्द्र दरै, ज्योतिमाया दरै, महासचिवमा रामु दरै , सचिवमा खुबलाल दरै, यम वहादुर दरै, वेल वहादुर दरै , कोषाध्यक्षमा ढिल वहादुर दरै चयन भएका छन् । यस्तै सदस्यहरुमा सन्त वहादुर दरै, छम वहादुर दरै, खम वहादुर दरै , शान्तराम दरै , वसन्त दरै ,बुद्धिराज दरै, सुक वहादुर दरै, महादेव दरै, रुप वहादुर दरै रहेका छन् । दोश्रो राष्ट्रिय महाधिवेशन नवलपुरको मध्यविन्दु नगरपालिका १२ नयावेलानीमा महाधिवेशनसुरु भएको थियो । महाधिवेशनले आउँदो चार वर्षका लागि नयाँ कार्यसमितिसमेत चयन गरेको हो ।

पुनः केन्द्रीय अध्यक्षमा चयन भएका मंगलराम दरैले आगामी दिनमा थप दरै समुदायको लोप हुँदै गएको भाषा धर्म संस्कार संस्कृति , पहिचानलाई स्थापित गराउँदै लैजाने प्रतिबद्धता जनाउनु भएको छ । नेपाल सरकारले ५९ जातिलाई आदिवासी जनजाति समुदायका रुपमा सूचीकृत गरेको मध्ये दरै जाति पनि एक हो । महाधिवेशनमा १२ वटा भन्दा धेरै जिल्लाका दरै समुदायका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

प्रकाशित : २०८० वैशाख २० गते ८:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI