क्रिकेट डायरी : नेपाल एसिया कपको नजिक

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख १४ गते १९:४०
क्रिकेट डायरी : नेपाल एसिया कपको नजिक

कावासोती । नेपाल पाकिस्तानमा आयोजना हुने एसिया कपको नजिक पुगेको छ । बिहिबार कतारलाई ६८ रनको अन्तरले हराउदैँ काठमाडौमा जारी एसियन कपको छनौट खेल एसिसी प्रिमियर कपको सेमिफाइनल प्रवेश गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा  बिहीबार  सम्पन्न खेलमा हङकङविरुद्ध ३० रनको जित निकालेर कुवेत अन्तिम चारमा प्रवेश गरेसँगै एसीसी प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रयितोगिताको समूह ‘ए’ बाट नेपाल र ओमान सेमिफाइनलमा प्रवेश गर्दा समूह ‘बी’ बाट यूएई र कुवेतले अन्तिम चारमा स्थान पक्का गरे ।

समूह ‘ए’ बाट नेपाल समूह विजेता र ओमान उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् । यस्तै, समूह ‘बी’ बाट यूएई विजेता र कुवेत उपविजेताको रुपमा सेमिफाइन प्रवेश गरे ।

पहिलो सेमिफाइनलमा अब नेपालले समूह ‘बी’ को उपविजेता कुवेतविरुद्ध फाइनल प्रवेशका लागि खेल्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६ गते हुनेछ ।

यस्तै, सोही दिन हुने दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएईले ओमानविरुद्ध खेल्नेछ । दोस्रो सेमिफाइनल खेल मुलपानी क्रिकेट रंगशालामा हुनेछ । दुबै खेल बिहान नौ बजेदेखि सुरु हुनेछ ।

यसैवर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी थिए । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको थियो ।

प्रिमियर कपको समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार थिए । यस्तै, समूह ‘बी’मा हङकङ, कुवेत, यूएई, सिंगापुर र बहराइन थिए ।

प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।

 

प्रकाशित : २०८० वैशाख १४ गते १९:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI