कैलाली । कैलालीका एक वृद्धको पेटमा बोतल भेटिएको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्का मगर पेटमा बोतल भेटिएको हो ।
अस्पतालमा एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले दिए ।
बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको सूचना अधिकारी उपाध्यायले बताए ।
प्रकाशित : २०७९ चैत ३० गते १५:३६
Facebook Comment