काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी यु–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले चौथो खेलमा आज मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
जारी प्रतियोगितामा नेपालले खेलेको सबै तीन खेलमा विजय हालिस गरेको थियो । मलेसियाले भने एक खेलमात्र जितेको छ ।
विश्वकपमा छनोट हुने लक्ष्यसहित यूएई गएको नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुरलाई, शनिबार सम्पन्न दोस्रो खेलमा कुवेतलाई र सोमबार सम्पन्न तेस्रो खेलमा हङकङलाई हराएको थियो । मलेसिया भने चौथो खेलमा दोस्रो जितको खोजीमा छ ।
मलेसिया पहिलो खेलमा युएईसँग र दोस्रो खेलमा सिंगापुरसँग पराजित भएको थियो भने तेस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो ।
नेपाल २०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यमा छ । नेपालले आज मलेसियाविरुद्ध अजमानस्थित मलेक क्रिकेट मैदानमा १०ः४५ बजे खेल्नेछ ।
प्रकाशित : २०७९ फागुन १६ गते १०:२२
Facebook Comment