कावासोती । नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
यसअघि बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए । पौडेलको नाम बैठकबाट अनुमोदन भएसँगै आजै १ बजे पौडेलले उम्मेदवारी दर्ता गराउने तयारी भएको छ।
प्रकाशित : २०७९ फागुन १३ गते १०:२०
Facebook Comment