आन्तरिक पर्यटनको नयाँ गन्तव्य : कोसपा विच रिसोर्ट, उदयपुर

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन १२ गते २१:१४
आन्तरिक पर्यटनको नयाँ गन्तव्य : कोसपा विच रिसोर्ट, उदयपुर

नवलपुर

बिदामा घुम्न र रम्न चाहने युवापुस्तामा अहिले एउटा नारा निकै चर्चित छ “पहिले देश अनि मात्र बिदेश” ।
खासगरी नयाँ ठाउँ घुम्न रुचाउने युवापुस्ताले अहिले देश भित्रकै नयाँ पर्यटकिय गन्तब्यको खोजी गर्ने क्रम बढ्दो छ । नयाँ बर्ष,दशै तिहार लगाएतका पर्व होस वा अन्य बिदाको समयमा युवा पुस्ता देश भित्रका पर्यटकिय स्थानहरुमा रम्न पुग्ने गरेका छन ।
जब बिदा हुन्छ तब उनिहरु नयाँ ठाउँको खोजिमा रहन्छन । पछिल्लो समय पर्यटकिय स्थलको खोजी गर्नेहरुका लागि उदयपुर जिल्लाको कोशी किनारमा रहेको कोसपा विच रिसोर्ट रोजाईमा पर्ने गरेको छ । ईटहरी बाट २३ कि.मि. उत्तर,धरान चोक देखि १५ किमि पश्चिम् र कोशि पुलबाट उत्तर तर्फ रहेको कोसपा विच रिसोर्ट जलयात्राका लागि नेपालकै मुख्य आकर्षणको रुपमा अगाडी बढ्न सक्ने पर्यटन ब्यवसायीले बताउने गरेका छन ।

जलयात्राका लागि आउने पर्यटकलाई सुनसरी हुँदै उदयपुर,धनकुटा,भोजपुर स्थित तमोर नदि,अरुण नदि र दुघकोसीमा जलयात्रा गराउने गरिएको ब्यवसायि प्रभास न्यौपानेले बताए । न्यौपानेका अनुसार पर्यटकलाई जलयात्रा सङ्गै किरातहरुले पुज्ने तामाले बनेको खुवालुङ ढुङ्गाको दर्शन,बिश्वकै पहिलो तिर्थस्थल बराहक्षेत्र धाम (जहाँ भगवान बिष्णुले नरसिंह अवतारमा पृथ्वी बोकेको कथनलाई मुर्ती मार्फत देखाईएको छ )चतरा धामको दर्शनको ब्यवस्था समेत गरिएको छ ।

मिस्ठान्न परिकारको साथमा विच भलिवल,विच म्युजिक,विच पाटी ,बिबि क्युमा रमाउने युवा जमातको संख्या बढ्दै जाँदा रिसोर्टलाई कलात्मक ढङ्गले सिङ्गारिएको छ ।
धनकुटाको मुलघाट देखि चतरा सम्मको र्याफ्टिङको सुबिधा दिदै आएको कोसपा विच रिसोर्टले सामुहिक रुपमा आउने पर्यटकलाई बिशेष प्याकेजको ब्यवस्था समेत गरेको न्यौपानेले बताए ।

चिसो हट्दै जाँदा कोशिको किनारमा अवस्थित कोसपा विच रिसोर्टमा टेण्ट स्टे (टेन्टमा रात बिताउने) पर्यटकको संख्या बढ्दै गएको छ ।
टेण्ट स्टेका लागि जानेमा नवविवाहित जोडिहरुको संख्या उल्लेख्य छ ।

थलिएको अर्थतन्त्रलाई चलायमान गराउन पर्यटन ब्यवसायले सहयोग गरिरहेको अवस्थामा राज्यले पर्यटन ब्यवसायिलाई फरक दृष्टिकोणले हेर्न नसकेको ब्यवसायिहरुको गुनासो छ ।

प्रकाशित : २०७९ फागुन १२ गते २१:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI