कावासोती । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले जित निकालेको छ । मंगलबार त्रिवि मैदानमा भएको खेलमा नेपालले नामिबियाविरुद्ध जित निकालेको हो ।
२८६ रनको लक्ष्य पाएको नेपालले १४ बल बाँकी रहँदै खेल जितेको हो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरे । योसँगै भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने चौथो खेलाडी बने ।
यसअघि, नेपाली टिमबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका थिए ।
प्रकाशित : २०७९ फागुन २ गते १७:००
Facebook Comment