सन्जुबाबु पोख्रेल- मध्यबिन्दु
यो देशमा योग्यता क्षमता भएकालाई देशमा ईलम छैन, कमाउनलाई बिदेश जानैपर्ने भयो,पसिना बेचेर रेमिट्यान्स पठाउनेहरुको सपना बेचेर सत्तामा पुगेका नेताले भ्रस्टाचार गरेको हेर्ने नियती बन्यो ।
अनि ए साच्ची, रेमिट्यान्सले देश चलाउने तिमी नेपाली नागरिक रहेनौ, नागरिकताको व्यापार गर्नेहरु देशका बिना लाईसेन्सका ड्राईभर बनेपछी देशमा दुर्घटना माथी दुर्घटना निम्तियो, सम्पन्नता कसरि निम्तिने भयो ।
नरुचाएको भाउजु मरिन भन्दा पनि काल पल्कने निश्चित भयो,
भत्ता बढाउ, बुढापाकालाई मख्खन लगाउ भोट बटोल लुटेर खानेनै भयौ ।
बुझ्नेले कुरा नबुझेपछि,
स्वाभिमान खुल्ला बजारमा जल्ने नै भयो
गौरवशाली मनमा पिर पर्ने नै भयो,
नेपाली मन त्यसै मर्ने नै भयो
नेता त हौ,मर्न अगाडि लोभको थैलो भर्नेनै भयौ
बरै नेतृत्वले स्वार्थको राजनिती गर्ने नै भयो ।
गयो गयो,हरे यो देश कुन खाल्डोमा गयो ,
गोर्खालिको मान कहाँ गयो ,
हेर्दा हेर्दै न देश देश जस्तो रह्यो, चन्दन लगाएको माटोको मुल्यो घट्यो “न रह्यो बास न रह्यो बाँसुरी”को उखान चरितार्थ बन्नेनै भयो ।
देश लुटेकालाई दिनदहाडै कुमारित्व लुटिएका बालिकाको के पिर,
आखिर देशको नेतृत्व त तेल सकिएको टुकि जस्ता न भए ।
प्रकाशित : २०७९ माघ १७ गते २०:३९
Facebook Comment