मोरक्कोलाई २–१ गोलको नतिजमा पराजित गर्दै क्रोएसिया कतारमा जारी फिफ विश्वकप २०२२ मा तेस्रो भएको छ ।
खलिफा रंगशालामा सम्पन्न तेस्रो स्थानको प्लेअफमा मोरक्कोलाई हराएसँगै साविक उपविजेता क्रोएसियाले विश्वकप २०२२ मा तेस्रो स्थान सुरक्षित गरेको हो ।
क्रोएसियालाई जित दिलाउन जोस्को भार्डियोल र मिस्लाभ ओर्सिचले गोल गरे । मोरक्कोका असरर्फ दारीले एक गोल गरे ।
खेलको सातौं मिनेटमा भार्डियोलले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट नबित्दै मोरक्कोका दारीले बराबरी गोल फर्काए ।
पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा ओर्सिचले गोल गर्दै क्रोएसियाको अग्रता २–१ बनाएका थिए । सोहि अग्रतालाई खेलको अन्त्यसम्म कायम राख्दै क्रोएसियाले सानदार जित निकाल्यो ।
प्रकाशित : २०७९ पुष २ गते २२:४८
Facebook Comment