क्यामरुनसँग ब्राजिल पराजित, स्विजरल्याण्ड अन्तिम १६ मा

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर १७ गते ७:२४
क्यामरुनसँग ब्राजिल पराजित, स्विजरल्याण्ड अन्तिम १६ मा

कावासोती । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा विश्व नम्बर १ ब्राजिल क्यामरुनसँग पराजित भएको छ ।

क्यामरुनसँग पराजित भएपनि ब्राजिल एक खेल अगावै लगातार दुई खेल जितेर नकआउट चरण प्रवेश गरिसकेको छ । तीन खेलमा ६ अंक जोड्दै ब्राजिल समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको हो ।

खेलको ९० मिनेट गोलरहित बराबरी भएपनि इन्जुरी समयको दोस्रो मिनेटमा क्यामरुनका भिनसेन्ट एबोउबाकेरले गोल गर्दै क्यामरुनको जित शुनिस्चित गरेका थिए ।

तर, गोल गरेको एक मिनेट नबित्दै उनी दोहोरो एल्लो कार्ड बेहोर्दै मैदान बाहिरिए । उनको उघ्र सेलिब्रेसन शैली प्रति असन्तुष्ट रेफ्रिले भिनलेनटलाई एल्लो कार्ड देखाएका थिए ।

यस्तै, समूह ‘जी’को अर्को खेलमा सर्बियामाथि नाटकीय जित दर्ता गर्दै स्विजरल्यान्ड अन्तिम १६ पुगेको छ । प्रतियोगितामा दोस्रो जित निकालेको स्विट्जरल्यान्ड ब्राजिल सँग समान ६ अंक भएपनि गोल अन्तरमा पछाडी रहँदै समूह उपविजेता बन्यो ।

अन्तिम १६मा ब्राजिलले दक्षिण कोरियासँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । यस्तै, स्विजरल्यान्डले बुधबार पोर्चुगलको समना गर्नेछ ।

प्रकाशित : २०७९ मंसिर १७ गते ७:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI