काठमाडौं । ‘नो नट अगेन’सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । निर्वाचन आयोगले ’नो नट अगेन’ अभियानविरुद्ध जारी गरेको विज्ञप्तिको तत्काल कार्यन्वयन नगर्नु भन्दै आदेश जारी भएको हो ।
निर्वाचन आयोगले ’नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
गत सोमबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले ’नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए ।
रिटको प्रारम्भिक सुनुवाइ आइतबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा रहेको थियो । बहस पछि इजलासबाट आयोगको सो विज्ञप्ति तत्काल कार्यन्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ भने विपक्षी निर्वाचन आयोगविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।
रिटमा संविधानको धारा १७ र १९ ले वयैक्तिक तथा प्रेस स्वतन्त्रतासम्बन्धी गरेको व्यवस्थाविपरीत आयोगले ’नो नट अगेन’ अभियनाविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ ।
प्रकाशित : २०७९ कार्तिक २० गते २०:४७
Facebook Comment