पहाडी क्षेत्रका अदुवा र सुन्तलाको बजारको ग्यारेन्टी गर्ने नेता कार्कीको प्रतिबद्धता

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २० गते १९:३४
पहाडी क्षेत्रका अदुवा र सुन्तलाको बजारको ग्यारेन्टी गर्ने नेता कार्कीको प्रतिबद्धता

कावासोती । नेपाली कांग्रेसका नेता एवं नवलपुर क्षेत्र नं २ का पाँच दलिय गठबन्धनका उम्मेदवार विष्णकुमार कार्कीले आफू निर्वाचित भए जिल्लाको पहाडी क्षेत्रमा उत्पादन हुने अदुवा, सुन्तला, अम्रिसाे लगाएतका नगदेबालीको बजारको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

आईतबार चुनाव प्रचारप्रसारका क्रममा बौदिकाली पुगेका नेता कार्कीले बौदीकाली वडा नं ४, ५ र ६ मा लोकतान्त्रिक वामगठबन्धनको चुनावी सम्पर्क कार्यालय उदघाटन एवं चुनावी सभालाई सम्बोधन गर्दै नेता कार्कीले सुन्तला, अदुवा, अम्रिसाे लगायतकाे नगदेवालीलाई उपयुक्त बजारकाे व्यवस्थापन गर्ने, ६ महिनामा यहाँकाे माटाे परिक्षण गरेर खेती लगाउने तरिका सिकाउने, युवाहरूलाई सीपमुलुक तालिम दिलाउने जस्ता प्रतिबद्धता जनाएका हुन ।

कार्यक्रममा नवलपुर २ “क” का उम्मेदवार साेम सिर्पालीले जनजाति, दलितकाे अधिकारलाई अझै सुरक्षित र बलियाे बनाउन आफू लडिरहने बताउनु भएकाे छ । कार्यक्रममा यस अघि साेही क्षेत्रबाट चुनाव जितेका विण्णु लामिछानेकाे अधुरा सपना आफूले पुरा गर्ने प्रतिबद्धता जनाएका छ्न ।

त्यसै गरी २ “ख” का उम्मेद्वार डा गाेपाल खनालले आफू यही क्षेत्रमा जन्मेर हुर्केकाले यहाँकाे शिक्षालयहरूमा प्राविधिक शिक्षाकाे लागि गठबन्धनले जाेड गर्ने बताएका छ्न ।


कार्यलय उदघाटन कार्यक्रममा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार तथा नेपाल समाजवादी पार्टी, गण्डकी प्रदेश संयाेजक माेती रिजाल, ने क पा माओवादी केन्द्रका जिल्ला सचिव सुष्मा खनाल, नेपाली काँग्रेस नवलपुर २ “क” का संयाेजक रामचन्द्र भण्डारी, बाैदीकाली गाउँपालिकाका पूर्व अध्यक्ष दुर्गा बहादुर राना लगायतले बोलेका थिए ।

प्रकाशित : २०७९ कार्तिक २० गते १९:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI