राजु चापागाईं/कावासोती : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू मत माग्न घर घरमा पुगेका छन् । विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।
अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले बिहिबार बाट घरदैलो लाई अगाडी बढाएका छन ।
बिहिबार बिहानै कांग्रेस बाट प्रतिनिधि सभा क्षेत्र नं १ मा उम्मेदवार बनेका डा. शशांक कोईराला मत माग्दै कावासोती नगरपालिकाको वडा नं ८ र २ मा पुगे । कोईरालाले आयोगको निर्देशन अनुसार आज बाट घर दैलो सुरु गरेका हुन । नेपाली कांग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरेले उम्मेदवारहरू प्रचारप्रसार तथा भेटघाटमा व्यस्त रहेको बताए ।
नेकपा एमालेले पनि बिहिबार बाट घरदैलो अभियान लाई अगाडी बढाएको एमाले नवलपुरका प्रचार विभाग प्रमुख सागर पोख्रेलले बताए। एमालेबाट प्रतिनिधि सभा क्षेत्र नं १ मा उम्मेदवार बनेका कृष्ण पौडेलले जिल्लाको बुलिङटार बाट घरदैलो अभियान सुरु गरेको पोख्रेलले बताए।
प्रतिनिधिसभा सदस्यमा क्षेत्र नं १ मा कांग्रेसका डा. शशांक कोईराला, एमालेका कृष्ण पौडेल, राप्रपा बाट डा.मोहनीलाल भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजन गौतम सहितका उम्मेदवारहरु प्रतिस्पर्धामा रहेका छन ।
नवलपुरमा सत्ता गठबन्धनका दलहरूका उम्मेदवारहरू सँगसँगै कार्यक्रममा हिँडेका छन् । दुई प्रतिनिध सभा र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा गठबन्धन बाट प्रतिनिधिसभा दुवै क्षेत्रमा नेपाली कांग्रेसले र प्रदेश सभा तर्फ २ वटामा माओवादी र एक एक वटामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन ।
जिल्लाको क्षेत्र नं २ का उम्मेदवारले पनि बुधबार बाट घरदैलो लाई अगाडी बढाएका छन । यो क्षेत्रमा नेकपा एमालेबाट तिल बहादुर महत, कांग्रेसका विष्णुकुमार कार्की, राप्रपाका विष्णु अधिकारी सहितका उम्मेलवारहरुले आफ्ना एजेन्डा सहित घरदैलो सुरु गरेका छन ।
प्रकाशित : २०७९ कार्तिक १७ गते १९:०८
Facebook Comment