संविधानको रक्षाका लागि गठबन्धन : नेता रिजाल

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १६ गते १९:५७
संविधानको रक्षाका लागि गठबन्धन : नेता रिजाल

नवलपुर । संविधान रक्षाकाे निम्ति गठबन्धनकाे आवश्यकता परेकाे नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रि डा मिनेन्द्र रिजालले बुधबार अरूणखाेलामा भएकाे एक कार्यक्रममा बताउनु भएकाे छ ।

लाेकतान्त्रिक वाम गठबन्धन, निर्वाचन परिचालन समिति नवलपुर क्षेत्र नं. २ काे आयाेजनामा प्रशिक्षण कार्यक्रममा भएकाे थियाे । कार्यक्रममा रिजालले ओलीले दुई दुई पटक संसद विघटन गरेकाे कारण गठबन्धन बनेको बताउनु भयाे । “संविधान जाेगाउन सरकारमा पनि एक भयाैं र चुनावमा पनि एक भएका छाैं र भाेलिकाे दिनमा पनि सरकारमा एक भएर जान्छौं”, रिजालले भन्नू भयो ।

त्यसैगरी साेही कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा केन्द्रीय सचिव दिनानाथ शर्माले बिना हिचकाचाहट सबैले गठबन्धनमा मतदान गर्नु हुन अनुराेध पनि गर्नु भएकाे थियाे । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठले नेपाली जनताकाे
समृद्धिका लागि आफूहरू एक हुन परेकाे बताउनु भयाे ।

साेही प्रशिक्षण कार्यक्रममा माअाेवादी केन्द्रका पाेलिटव्यूराे सदस्य किशन शर्मा, राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य सालिकराम सापकाेटा, प्रतिनिधि सभा क्षेत्र नं. २ का लाेकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार विण्णु कार्की, २ क का उम्मेद्वार साेम सिर्पाली, २ ख का उम्मेद्वार डा गाेपाल खनाल, माअाेवादी केन्द्रबाट प्रतिनिधि सभाकाे समानुपातिक उम्मेद्वार तारादेवि कुमालले लगायतले मन्तव्य राख्नु भएकाे थियाे ।

लाेकतान्त्रिक वाम गठबन्धन नवलपुरका संयाेजक हेमराज काेईरालाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला गठबन्धन समितिका सदस्य तथा माओवादी केन्द्र, नवलपुरका सचिव सुष्मा खनालले कार्यक्रमकाे सहजिकरण गर्नु भएकाे थियाे ।

प्रकाशित : २०७९ कार्तिक १६ गते १९:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI