कावासोती : नेकपा एमाले नवलपुरले पाटी संगठित सदस्यबाट आर्थिक संकलन गर्ने भएको छ । आसन्न मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचन परीचालनका लागी नवलपुर जिल्ला भित्र रहेका पाटी संगठित सदस्यबाट आर्थिक संकलन गर्ने र पाटी संगठितबाट संकलित सहयोगबाट निर्वाचन परीचालन निर्णय गरेको छ । आज सम्पन्न नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख सागर पोख्रेलले जानकारी दिनुभयो । एमालले गत सम्पन्न निर्वाचनहरुमा समेत पाटी संगठित सदस्यहरुबाट आर्थिक संकलन गर्ने गरेको थियो । नेकपा एमालेले पाटी केन्द्रिय कमिटिले २०७० सालमा संचालन गरेको मेचिकाली जागरण अभियानमा समेत नवलपुर एमालेले अभियानमा सहभागीहरुलाई पाटी संगठित सदस्यको घरमा नै आस तथा खानको व्यावस्थापन गरेको थियो ।
बैठकले आसन्न मंसिर ४ को निर्वाचनका लागी नेकपा एमाले गण्डकी प्रदेश सल्लाहाकार समिति संयोजक जनलाल श्रेष्ठको संयोजकत्वमा ८ सदस्य अनुगमन समिति गठन गरेको छ । जस्को सदस्यहरुमा एमाले गण्डकी प्रदेश सचिवालय सदस्यहरु जीवन श्रेष्ठ , टंकमणि पौडेल, गोपेन्द्र केशरि न्यौपाने, पुर्ण प्रकाश विक , कृष्ण घिमपरे, हरि प्रसाद न्यौपाने , पदमराज लम्साल रहनुभएको प्रचार विभाग प्रमुख पोख्रेलले बताउनुभयो । बैठक प्रतिवद्धता पत्र प्रकाशन, मतदाता नामावलि छपाई, स्वयम् सेवक परिचालन र जिल्ला स्तरिय छपाई तथा प्रकाशन समितिको संयोजन पाटी कार्यालयलाई जिम्मेवारी प्रदान गरेको छ भने मिडिया परीचालन तथा प्रचार प्रशारका लागी जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपाललाई जिम्मेवारी प्रदान गरेको छ ।
बैठकले गत बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा कारवाहि गरेका केही पाटी सदस्यहरुलाई फुकुवा समेत गरेको छ । फुकुवा पर्नेहरुमा गैडाकोट नगरपालिकाका लाल वहादुर आले, प्रेम पाठक, रुद्र अधिकारी,मेधराज सुवेदि रहनु भएको छ भने कावासोती नगरपालिकाका चेत प्रसाद डुम्रे, सुशील पौडेल र गोविन्द पाण्डे रहनु भएको छ । त्यस्तै बैठकले पाटी विधान विपरीत कार्य गरेको भन्दै जिल्ला सल्लाहाकार सदस्य यदु नाथ सिग्देललाई पाटीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।
बैठक नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष मुक्ति राम पाण्डेको अध्यक्षता एवम् नेकपा एमाले केन्द्रिय सदस्य तथा नवलपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तिलक महतको प्रमुख आतिथ्यता र नेकपा एमाले केन्द्रिय सदस्य तथा नवलपुर निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्ण पौडेल, नेकपा एमाले केन्द्रिय सदस्य तथा नवलपुर निर्वाचन क्षेत्र नं. २ क प्रदेश सभा सदस्य पदका उम्मेदवार रविन्द्र अधिकारी, एमाले केन्द्रिय लेखा आयोग सदस्य तथा नेकपा एमाले केन्द्रिय सदस्य तथा नवलपुर निर्वाचन क्षेत्र नं. २ क प्रदेश सभा सदस्य पदका उम्मेदवार पद्मा श्रेष्ठ, नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तथा नवलपुर निर्वाचन क्षेत्र नं. २ ख गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार रोशन बहादुर गाहा र नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य तथा नवलपुर निर्वाचन क्षेत्र नं. २ ख गण्डकी सभा सदस्य पदका उम्मेदवार लक्षमण पाण्डे सहितको उपस्थिती रहेको थियो ।
प्रकाशित : २०७९ असोज ३१ गते १८:३१
Facebook Comment