कावासोती । बिहीवार बिहान नारायणी नदीमा बहाव सतर्कता तह नजिक पुगेको छ ।
बाढी पूर्वानुमान महाशाखाले देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि.) नजिक पुगेको बिहीवार बिहान जानकारी दिएको हो ।
सो जलसतह बढ्दो रहेको महाशाखाको भनाइ छ ।
जलाधारमा थप बर्षा हुने पूर्वानुमान रहेको समेत महाशाखाले जनाएको छ ।
चितवन र नवलपरासीको तटिय क्षेत्रमा हुनेहरू आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित : २०७९ असोज २० गते ६:०४
Facebook Comment