कावासोती(रासस)। असोज २८ गतेबाट गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नवलपुर बाट ७४ जना खेलाडी सहभागी हुने भएका छन ।
नवलपुरबाट विभिन्न १५ खेल विधामा २६ महिला सहित ७४जना खेलाडीले प्रतिस्पर्धा जिल्ला खेलकुुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले बताउनु भयो ।
नवलपुरबाट भलिबल मा ३ पुरुष, ब्याडमिन्टनमा १ पुरुष, करातेमा १ पुरुष, खो खोमा मा ६ महिला र ६ पुरुष, एथलेटिक्समा २ महिला र ६ पुरुष, रग्बीमा २ पुरुष, कुस्तीमा ४ महिला र १० पुरुष, फुटबलमा ४ महिला र ३ पुरुष, तेक्वान्दोमा २ महिला र १ पुरुष, बक्सिङमा ५ पुरुष, सेपाताक्रोमा ६ महिला र ५ पुरुष, क्रिकेटमा १ महिला र २ पुरुष र शारिरीक सुसंगठनमा २ पुरुष गरी ७४ जना खेलाडीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै भाग लिने अध्यक्ष पुनले बताउनु भयो ।
३६ वटा विधाका खेल प्रतियोगिताहरु गण्डकीका ९ जिल्लामासन्चालन हुने र पुर्वी नवलपरासीमा सेपाताक्रो र कुस्तीको प्रतियोगिता हुने छ ।
नवौँ राष्ट्रिय खेलकुदमा प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्न्यास्टिक, कबड्डी, भारोत्तोलन, सुटिङ र पौडी समावेश छ । यस्तै ह्यान्डबल, जुडो, कुस्ती, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, चेस, खोखो, कराते, आइटीएफ तेक्वान्दो, सेपाकटाक्रो, गल्फ, फुल कन्ट्यान्ट कराते, आर्चरी, फेन्सिङ, साइक्लिङ, ट्रायथलन, रग्बी र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।
प्रकाशित : २०७९ असोज ७ गते १७:३१
Facebook Comment