नवलपुर ।
हार्दिक पाण्डेयको अलराउन्ड प्रदर्शन तथा भुवनेश्वर कुमारको चार विकेटप्रेरित भारतले आइतबार राति एसिया कपमा चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भारतका कप्तान रोहित शर्माले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ गरेको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्य भारतले दुई बल बाँकी हुँदा पाँच विकेट गुमाएर पूरा गरेको हो ।
भारतका हार्दिक पाण्डेयले १७ बलमा ४ चौका र एक छक्कासहित अविजित ३३ रन जोडे । पूर्व कप्तान विराट कोहली र रविन्द्र जडेजाले समान ३५ रन बनाए । सूर्यकुमार यादवले १८ र कप्तान रोहित शर्माले १२ रन बनाए । दिनेश कार्तिक एक रनमा अविजित रहे ।
पाकिस्तानका मोहम्मद नवाजले तीन विकेट लिँदा नासीम शाहले दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ४३ रन बनाए । इफ्तिखर अहमदले २८ र हरिस राउफले अविजित १३ रन जोडे । कप्तान बाबर आजम, फखर जमान र शादब खानले समान १० रन जोडे ।
भारतका भुवनेश्वरले ४ बलमा २६ रन दिएर ४ विकेट लिए । हार्दिक पाण्डेयले ४ ओभरमा २५ रन दिएर तीन विकेट लिए । अर्शदीप सिंहले दुई तथा आभाष खानले एक विकेट लिए ।
प्रकाशित : २०७९ भदौ १३ गते ७:५९
Facebook Comment