नवलपुर । । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ ।
कमजोर मानिएको केन्याविरुद्ध पाँचै खेल जितेर आईसीसी ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयाता उकास्ने लक्ष्य लिएको नेपाल दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । यससँगै नेपालको वरीयाता उकास्ने लक्ष्यमा गम्भिर धक्का लागेको छ ।
पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १–१ को बराबरी भएको छ । दुबै टोली दोस्रो जितको खोजीमा छन् । गत बिहीबार सम्पन्न पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । तर, शुक्रबार दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो ।
केन्या भ्रमणमा नेपालले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाबाहेक तीन खेलको एकदिवसीय क्रिकेट शृंखला पनि खेल्नेछ ।
प्रकाशित : २०७९ भदौ १२ गते ९:५९
Facebook Comment