नवलपुर – सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको भाडा बढेपछि यातायात व्यवस्था विभागले गाडी भाडा वृद्धि गरेको हो । नयाँ भाडादर अनुसार नारायणघाट कावासोतीको भाडा १०७ पुगेको छ ।
विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।
त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको हो । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ ।
आयल निगमले गए राति देखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेलरमट्टितेलमा २७ रुपैयाँ बढाएको थियो ।
यस्तो छ बढेको भाडा
Facebook Comment