गैँडाकोटको आगामी आर्थीक बर्षको बजेट १ अर्ब १ करोड, शिक्षामा २ करोड बिनियोजन

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ५ गते १६:३८
गैँडाकोटको आगामी आर्थीक बर्षको बजेट १ अर्ब १ करोड, शिक्षामा २ करोड बिनियोजन

पवित्रा पराजुली ,गैंडाकोट
गैँडाकोट नगरपालिकाले आगाामी आर्थीक बर्ष २०७९-८० का लागी १ अर्ब १ करोड ३१ लाख २ हजार बजेट ल्याउने भएको छ । जस अन्तरगत आन्तरिक राजश्व तर्फ ११ करोड ३४ लाख, नेपाल सरकारबाट प्राप्त राजश्व बाडफाड तर्फ १३ करोड २३ लाख ९४ हजार , समपुरक अनुदान तर्फ १ करोड १० लाख, शसर्त अनदान तर्फ ३३ करोड ५८ लाख, समानिकरण अनुदान तर्फ २ करोड ३० लाख २४ हजार रहेको छ ।
त्यस्तै गण्डकी प्रदेशबाट प्राप्त राजश्व बाँडफाँडबाट १ करोड ५९ लाख ८४ हजार, प्रदेशबाट समपुरक अनुदान तर्फ ५० लाख, बैंक मौज्दात तथा अन्य आय तर्फ ५ करोड ५० लाख, बैंक मौज्दात तथा अन्य तर्फ १३ करोड ५० लाख रुपयाँ रहेको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालले जानकारी दिनुभयो ।
यसबर्ष गैँडाकोट नगरपालिकाले वडा नम्बर ३, १४ र १८ को लागी ८५ लाख बजेट विनियोजन गरेको छ। त्यस्तै वडा नम्बर १, २, ४, ५, ७, ८, १०, ११, १२ र १५ को लागी ७५ लाख र वडा नम्बर ६, ९, १३, १६ र १७ का लागी ७० लाख रुपयाँ विनियोजन गरेको रिजालले बताउनुभयो ।
गैँडाकोट नगरपालिकाले कृषिका लागी २० लाख, पशुपंक्षिका लागी ४५ लाख, सहकारीका लागी १० लाख बजेट विनियोजन गरेको छ ।
सामाजिक विकास तर्फ खेलकुदका लागी १५ लाख, लक्षित बर्गका लागी ४० लाख, शिक्षाका लागी २ करोड, स्वास्थ्यका लागी २ करोड १४ लाख, आयुर्वेदका लागी ६ लाख, सामीका लागी ५ लाख, बहुक्षेत्रीय पोषणका लागी ५ लाख विनियोजन गरेको छ ।
त्यस्तै पूर्वाधार विकास समितीका लागी ५ करोड ९७ लाख २ हजार, वातावरण तथा विपत व्यवस्थापन समिती तर्फ १ करोड बजेट विनियोजन गरेको छ ।
संस्थागत विकास तथा सेवा प्रवाह समिती तर्फ न्यायीक समिती तर्फ ३० लाख, उपभोक्ता हित संरक्षण तर्फ ५ लाख र संस्थागत विकासका लागी १० लाख बजेट विनियोजन गरेको छ । गैँडाकोट नगरपालिकाले यहीँ असार १० गते निती तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दैछ ।

प्रकाशित : २०७९ असार ५ गते १६:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI